Tuesday, December 7, 2010

Gajal

घरमा खाने नुन छैन तिमी जूनको कुरा गर्छौ
पानी ओत्ने छानो छैन पोत्ने चूनको कुरा गर्छौ।

फाटी सके कपडा पनि चल्दैन कि यो वर्षलाई
सिउने सियो छैन यहाँ तिमी सुनको कुरा गर्छौ।

जिन्दगी भर साथ दिने साथी प्रति माया छैन 
छोडी जाने निष्ठुरीलाई सधै उनको कुरा गर्छौ।

रगतको नाता होईन नयाँ साईनो जोड्ने भन्दा
तिमी सधै उही पुरानो मात्र खुनको कुरा गर्छौ।

जतिसुकै जे भने नि आखिर छोडी गयो उसले
तर तिमी सधै त्यही एउटै गुनको कुरा गर्छौ


Tejbakas Miya

No comments:

Post a Comment